Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गणतन्त्रमा अपराधको राजनीतिकरण र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ : भीम रावल

    गणतन्त्रमा अपराधको राजनीतिकरण र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ : भीम रावल

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 792
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको बताएका छन् ।

    सोमबार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले यस्तो बताएका हुन् ।



    उनले गणतन्त्रलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस् भनी कामना गरे ।



    ‘गणतन्त्र स्थापनाको १६औं वर्षमा यस व्यवस्थामा युवा शक्ति र स्फूर्ति हुनुपर्ने हो तर अपराधको राजनीतिकरण, भ्रष्टाचार, बेथिति र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ र कुरूप देखिन थालेको छ । यसलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस्, सबैमा यही शुभकामना,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार