Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुरु भयो मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिको काम

    सुरु भयो मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिको काम

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    चितवन । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ ।

    नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।



    ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । पहिलो चरणमा ५ किलोमिटरमा काम भइरहेको छ ।



    चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार