Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

    नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 681
    SHARES

    चितवन । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    तुइन खोला पुलनजिकै पहिरो जाँदा अवरूद्ध भएको सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको हो ।



    सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।



    आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार