Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पाको सत्यवतीमा जीप दुर्घटना : तीन जनाको मृत्य, ११ घाइते

    पाल्पाको सत्यवतीमा जीप दुर्घटना : तीन जनाको मृत्य, ११ घाइते

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 996
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

    रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका छन् ।



    उनीहरूको पहिचान खुलेको छैन । सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेको हो ।



    घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार