Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पशुपतिमा झुण्डिएको अवस्थामा सुरक्षाकर्मी मृत फेला

    पशुपतिमा झुण्डिएको अवस्थामा सुरक्षाकर्मी मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत फेला परेका छन् ।

    मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर रानालाई सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा कोषका कर्मचारीले झुण्डिएको अवस्थामा फेला पारेका हुन् ।



    कोषले खबर गरेपछि मृत अवस्थामा भेटिएका उनको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।



    राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार