Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थमन्त्रीलाई चित्रबहादुर केसीले भने – प्रवासी नेपालीको नोटले गाडि चढेर हिँड्ने, मताधिकार नदिने !

    अर्थमन्त्रीलाई चित्रबहादुर केसीले भने – प्रवासी नेपालीको नोटले गाडि चढेर हिँड्ने, मताधिकार नदिने !

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 891
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकलाई बचाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

    बुधबार बजेटमाथिको छलफलमा बोल्ने क्रममा जनमोर्चाका सांसद केसीले यस्तो बताएका हुन् ।



    सांसद केसीले संघीयताको कारण देश आर्थिक रूपमा टाट पल्टिदै गएकाले तुरुन्तै खारेज गर्नुपर्ने बताए ।



    त्यस्तै सांसद केसीले प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताए । सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने भनेको तर त्यसका लागि बजेटको व्यवस्था नगरेर प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताए ।

    सांसद केसीले भने,’हरेक सरकार आउँदा प्रवासी नेपालीलाई मताधिकार दिने भनेर विभिन्न गठबन्धनले अनिवार्य रूपमा आफ्नो प्रस्तावमा ल्याउँछ तर बजे छुट्याउँदैन । प्रवासी नेपालीलाई मताधिकार दिनका लागि बजेट छुट्याउनुभयो कि भएन ? प्रवासीहरूको नोटले हामी गाडि चढेर हिँड्ने, देश चलाउनुपर्ने। उनीहरूलाई मताधिकार दिनै नपर्ने ? कतिपटक ढाँट्ने ?’

    जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले अदालतले पनि प्रवासमा रहेका नेपालीलाई मताधिकार देउ भनेको स्मरण गराए। उनले संसारका १४ मुलुकले आफ्नो देशका प्रवासीलाई मताधिकार दिने नियम बनाएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार