Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम सवा २ अर्ब माथि

    शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम सवा २ अर्ब माथि

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से ४.१४ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ४७ विन्दुमा बन्द भएको छ ।

    आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।



    यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।



    सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार