Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नदीनाला विदेशीलाई जिम्मा लगाएर उपलब्धि ठानियो, देश संकटमा छ : राजेन्द्र लिङदेन

    नदीनाला विदेशीलाई जिम्मा लगाएर उपलब्धि ठानियो, देश संकटमा छ : राजेन्द्र लिङदेन

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

    पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणप्रति संकेत गर्दै उनले त्यहाँको नयाँ संसद् भवनमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।



    देश संकटमा परेको उनको भनाई छ । उनले देशको सुरक्षाका लागि आन्दोलनमा उत्रिन भूतपूर्व सैनिकहरूलाई आह्वान पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार