Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको आह्वान

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको आह्वान

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।

    भक्तपुरमा शनिबार आयोजित एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।



    उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताए । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन तयार रहेको उनले बताए ।



    यस्तै एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार