Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘कोही एक्लै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, पूरै मन्त्रीमण्डल जान्छ भने प्रश्न उठ्छ’

    ‘कोही एक्लै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, पूरै मन्त्रीमण्डल जान्छ भने प्रश्न उठ्छ’

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 807
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

    शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जानु उसको निजी आस्थाको कुरा भएको बताए ।



    तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ उनले भनेका छन् ।



    ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘त्यो उसको निजी आस्थाको कुरा हो ! तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

    भारत भ्रमणका क्रममा जेठ १९ मा मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वरमा प्रचण्डले पूजा गरेका थिए । त्यहाँको जल बोकेर प्रचण्ड शनिबार पशुपति पुगेका हुन् ।

    शनिबार अर्थमन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती सहभागी टोलीले पशुपति नाथ मन्दीरको अवलोकन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार