Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नाला सफा गर्ने क्रममा भेटियो १०५ थान गोली

    नाला सफा गर्ने क्रममा भेटियो १०५ थान गोली

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 2.1K
    SHARES

    वीरगन्ज । नाला सफाइ गर्ने क्रममा वीरगन्जमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

    वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।



    नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको पर्सा प्रहरीले जनाएको छ ।



    फेला परेकोमध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको छ। उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।

    नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार