Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यस्तो छ वीरगन्ज महानगरपालिकाको ३ अर्ब २१ करोडको बजेट [पूर्णपाठ]

    यस्तो छ वीरगन्ज महानगरपालिकाको ३ अर्ब २१ करोडको बजेट [पूर्णपाठ]

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 747
    SHARES

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड बढीको बजेट ल्याएको छ ।

    वीरगन्ज महानगरपालिकाको नगरसभाको १३ औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।



    महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा करिब १२ करोडभन्दा कम रकमको बजेट ल्याएको हो। यसअघि चालु आर्थिक वर्ष २०७९/८० मा भने महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो।



    आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात् १ प्रतिशत बजेट छुट्याइएको उपमेयर आलमले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार