Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वीरगन्जबाट भारत तस्करी गर्न लागिएको रक्सी बरामद

    वीरगन्जबाट भारत तस्करी गर्न लागिएको रक्सी बरामद

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 375
    SHARES

    वीरगन्ज । नेपालबाट भारत तस्करी गर्न लागिएको मदिरा ठूलो परिमाणमा सशस्त्र प्रहरीले वीरगन्जबाट बरामद गरेको छ।

    टाटासुमो गाडीमा लोड गरेर भारत तस्करी गर्न लागिएको ९६ कार्टुन सिलबन्दी मदिरा भारतसँग जोडिएको वीरगन्ज महानगरपालिका-१७ कोनियाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।



    सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार मध्यरातमा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडी नाकामा रोकेर चेकजाँच गरेको थियो।



    त्यसक्रममा उक्त गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन सिलबन्दी मदिरा बरामद भएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

    बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५०० रुपैयाँ मूल्यांकन गरिएको छ।

    सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिकै त्यसका चालक मदिरासहितको गाडी छाडेर फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार