Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुला प्रहरीको खोरमा

    सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुला प्रहरीको खोरमा

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । वीरगन्जमा दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेका बेहुलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साह रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।



    बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो ।



    बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

    नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार