Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • जथाभावी फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना

    जथाभावी फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 582
    SHARES

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

    सडकमा जथाभावी फोहर फ्याँक्नेसँग जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो।



    महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाले जनाएको छ ।



    महानगरपालिकाका अनुसार गत आव २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ। सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ।

    महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार