Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सरकारकै कारण अर्थतन्त्र कमजोर भयो : पदम गिरी

    सरकारकै कारण अर्थतन्त्र कमजोर भयो : पदम गिरी

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 867
    SHARES

    काठमाडौं। नेकपा एमालेका सांसद पदम गिरीले भन्सार छल्नमा सरकारका व्यक्तिहरू नै संलग्न रहेको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिदै सांसद गिरीले यस्तो बताएका हुन् ।



    सांसद गिरीले भन्सार छल्नमा सरकारका व्यक्तिहरू नै संलग्न रहेको र अरबौं रुपैयाँ राजश्व हिनामिना भएको बताए।



    उनले गृहमन्त्रालय र अर्थमन्त्रालयका उच्च पदस्थ व्यक्तिहरू नै राजश्व चुहावट गराउने काममा ठूलो सेटिङमा लागिरहेको बताए । गठबन्धन सरकारकै कारण अर्थतन्त्र कमजोर भएको उनको जिकिर छ।

    १४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले साँढे ८ अर्ब राजश्व संलकन गर्न नसकेको भन्दै आपत्ती जनाए। यसको जिल्ला गठबन्धन सरकारले लिनुपर्ने बताए। उनले यो गठबन्धन सरकार जनताका लागि नभइ विचौलियाका लागि गठन भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार