Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुराम भट्टराईको टिप्पणी – प्रधानमन्त्री प्रचण्ड अवसरवादी र यथास्थितिवादी

    बाबुराम भट्टराईको टिप्पणी – प्रधानमन्त्री प्रचण्ड अवसरवादी र यथास्थितिवादी

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 819
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले यस्तो बताएका हुन् ।

    उनले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले आफ्नो रङ बदल्दै गएको भन्दै सचेत हुन सुझाएका छन् ।



    माछाको फोटो हाल्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको भन्दै भीडको पछाडि कुदेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।



    उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ । परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्स समाजलाई अग्रगामी बाटो देखाउँछन् । यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्स भीडको पछि दौडन्छन् । युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ । विवेकको प्रयोग गरौंस आ–आफ्नो कित्ता रोजौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार