Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वर्गद्वारी जीप दुर्घटना : चालकसहित ८ यात्रुकाे मृत्यु

    स्वर्गद्वारी जीप दुर्घटना : चालकसहित ८ यात्रुकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 858
    SHARES

    रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।

    लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा दुर्घटनामा परेको हो ।



    गाडीमा सवार दाङको लमही ५ का २ महिला, २ पुरुष र ४ बालबालिकाे निधन भएकाे बताइएकाे छ ।



    प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

    दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो। लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान भने खुलेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार