Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भोटेबहालबाट करिब डेढ लाख नगदसहित १३ जुवाडे पक्राउ

    भोटेबहालबाट करिब डेढ लाख नगदसहित १३ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 969
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी वृ‌त्त कालिमाटीको टोलीले भोटेबहालबाट जुवा खेल्ने १३ जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृ‌त्त कालिमाटीको टोलीले काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    डेरा गरी बस्ने बागलुङका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।



    उनीहरूबाट एक लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, विभिन्न रंगको कोइन ११९ थान र जुवाको हिसाब राखेको कापी बरामद गरेको हो।

    कालिमाटी वृत्तले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार