Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंबाट झण्डै दुई लाख नगदसहित ८ जना जुवाडे पक्राउ

    काठमाडौंबाट झण्डै दुई लाख नगदसहित ८ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौँको बसुन्धराबाट झण्डै दुई लाख नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

    मंगलबार अपराह्न सानुकाजी श्रेष्ठले सिन्धुली स्थायी ठेगाना भएका महेश मगरलाई भाडामा दिएको टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले नगद १ लाख ८८ हजार ५०० रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा कृष्ण प्रसाद श्रेष्ठ, कोमल बहादुर प्याकुरेल, अर्जुन राई, मनोज कुमार चौधरी, ईश्वर राई, विष्णु मगर, कैलाश मगर र सन्दीप कुमार चौधरी रहेका छन् ।



    उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार