Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ६१ किलो सुनकाण्डका आरोपी दावाको होटेलमा प्रहरीको छापा, साढे १३ लाखसहित ११ जुवाडे पक्राउ

    ६१ किलो सुनकाण्डका आरोपी दावाको होटेलमा प्रहरीको छापा, साढे १३ लाखसहित ११ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौँ । काठमाडौँको ठमेलस्थित होटेल भियानाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।

    काठमाडौँ प्रहरी परिसरको टोलीले जुवा खालबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ नगद र ४ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार जुवाडेले कोठा बुक गरेर जुवा खेलिरहेका थिए । पक्राउ पर्नेमा काठमाडौँको जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेका ४४ वर्षीय हरिबोल खनाल, २८ वर्षीय किशोर अधिकारी, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शंकर शाही र ३० वर्षीय राजु पन्त तथा चितवनका ४१ वर्षीय दीपक गुरुङ रहेका छन् ।



    यस्तै रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लीला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ पनि पक्राउ परेका छन् ।

    पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ । सो होटेल ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको हो ।

    विशेष सूचनाका आधारमा उनीहरुले सञ्चालन गरेको होटल भियनामा प्रहरीले छापा मारेको थियो । होटल सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी पत्नी अमला फरार अवस्थामा रहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार