Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • १३ लाखसहित ठमेलबाट ११ जुवाडे पक्राउ

    १३ लाखसहित ठमेलबाट ११ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका ठमेलबाट १३ लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

    काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रको ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।



    डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार