Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौंका विभिन्न स्थानबाट २४ जुवाडे पक्राउ

    काठमाडौंका विभिन्न स्थानबाट २४ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 711
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट २४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका २६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका -८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको प्रहरी समाचार कक्षले जनाएको छ ।



    साथै सोही गेस्ट हाउसको पार्किङमा जुवा खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रुपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार