Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • डिल्लीबजारबाट नगद ३३ हजारनगदसहित ७ जना जुवाडे पक्राउ

    डिल्लीबजारबाट नगद ३३ हजारनगदसहित ७ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    काठमाडौं। डिल्लीबजारबाट जुवातास खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका–३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्रीसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय ५ रूपैयाँसहित पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार