Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजार लगातार बढ्दै, कारोबार रकम ५ अर्ब नाघ्यो

    सेयर बजार लगातार बढ्दै, कारोबार रकम ५ अर्ब नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 681
    SHARES

    काठमाडौं । आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

    परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको हाे । बुधबार सेयर बजारमा पाँच अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ जुन पाँच महिना यताकै उच्च कारोबार हो ।



    यसअघि २०७९ साल पुस २८ गते नेप्सेमा पाँच अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी आज शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।



    आज खप्तड लघुवित्त र सिटी होटलको सेयर झण्डै १० प्रतिशतले बढेको छ । आज १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रह्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार