Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुराम भट्टराई भन्छन् – देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ

    बाबुराम भट्टराई भन्छन् – देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 495
    SHARES

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।

    पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका उनले बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले केही तत्वहरू मुलुकलाई द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताए ।



    दस वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध मुद्दा दर्ता भएको विषयमा प्रतिक्रिया दिँदै भट्टराईले सो कुरा बताएका हुन् ।



    ‘प्रचण्ड र मविरुद्ध मुद्दा हाल्नु भनेको यो पुरानो घाउलाई कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ। यसमा केही पात्रहरुले उचालेका मात्रै हुन्, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार