Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फिलिपिन्ससँग नेपाल १–० गोलले पराजित

    फिलिपिन्ससँग नेपाल १–० गोलले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ ।

    बिहीबार मनिलास्थित रिजाल मेमोरियल रंगशालामा सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग १–० ले पराजित भएको हो ।



    फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन ।



    भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो ।
    साफ च्याम्पियनशिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार