Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला हवल्दारसँग गुड फ्राइडे मनाऔं भन्ने एसएसपी पाललाई कारबाही गर्न सिफारिस

    महिला हवल्दारसँग गुड फ्राइडे मनाऔं भन्ने एसएसपी पाललाई कारबाही गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 4K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस भएको छ ।

    प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका एसएसपी पाललाई कारबाहीका लागि सुदूरपश्चिम प्रहरीले प्रहरी प्रधान कार्यालयमा पठाएको हो ।



    स्रोतका अनुसार सुदूरपश्चिम प्रहरीले प्रारम्भिक छानबिन गरी पालमाथि कारबाही गर्न प्रतिवेदन प्रहरीप्रधान कार्यालय पठाएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्यामसिंह चौधरी नेतृत्वको छानबिन समितिले घटनामा एसएसपीले दुव्र्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको बताइएको छ ।



    उनीमाथि गत जेठ १९ गते बिदामा जान लागेकी एक महिला हवल्दारलाई आफ्नो नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरस्थित निवासमा बोलाएर यौन दुव्र्यवहार आरोप छ ।

    बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुव्र्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट हटाएर छानबिन सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार