Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राेल्पा जाँदै गरेकाे जीप दुर्घटना‍ हुँदा चालकको मृत्यु, ६ जना गम्भीर घाइते

    राेल्पा जाँदै गरेकाे जीप दुर्घटना‍ हुँदा चालकको मृत्यु, ६ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 945
    SHARES

    दाङ । तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना हँदा चालकको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते छन्।

    जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।



    तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको डबल क्याप जीप शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर- ३ लाहुरेचौरको श्रीखोलामा दुर्घटना परेको हो। जीप सडकबाट करिब ४० मिटर तल खसेको छ।



    दुर्घटनामा गम्भीर घाइते भएका पुनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

    गाडीमा सवार १० जना नै घाइते भएका छन् । गम्भीर घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ।

    दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार