Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला हवल्दारसँग ‘गुड फ्राइडे’ मनाऔं भन्ने एसएसपी पाल निलम्बित

    महिला हवल्दारसँग ‘गुड फ्राइडे’ मनाऔं भन्ने एसएसपी पाल निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाल निलम्बित भएका छन् ।

    अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।



    महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई सुदूरपश्चिम प्रहरीले प्रारम्भिक छानबिन गरी पालमाथि कारबाही गर्न प्रतिवेदन प्रहरीप्रधान कार्यालय पठाएको थियो ।



    उनीमाथि गत जेठ १९ गते बिदामा जान लागेकी एक महिला हवल्दारलाई आफ्नो नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरस्थित निवासमा बोलाएर यौन दुव्र्यवहार आरोप छ ।

    बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुव्र्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट हटाएर छानबिन सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार