Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कारबाहीबाट जोगिन एसएसपी पालले दिए राजिनामा

    कारबाहीबाट जोगिन एसएसपी पालले दिए राजिनामा

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजिनामा दिएका छन् । शुक्रबार उनले राजिनामा बुझाएका हुन् ।

    एक महिला हवल्दारलाई दुव्र्यवहार गरेको घटनामा पालमाथि कारबाही प्रक्रिया अघि बढेको थियो । सोही कारबाहीबाट जोगिन उनले राजिनामा दिएको प्रहरी स्रोत बताउँछ ।



    नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा हुँदा एक महिला प्रहरीलाई आफुसँग रात बिताउने प्रस्ताव गरेका थिए । तीनै महिला प्रहरीको उजुरीको आधारमा पाल निलम्बनमा परेका थिए ।



    आफुमाथि कडा कारबाही हुने संकेत पाएपछि उनले राजीनामा दिएको तर स्वीकृत भइनसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार