Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • महिला हवल्दारसँग ‘गुड फ्राइडे’ मनाऔं भन्ने एसएसपी पाललाई प्रहरी प्रधान कार्यालयले सोध्यो स्पष्टीकरण

    महिला हवल्दारसँग ‘गुड फ्राइडे’ मनाऔं भन्ने एसएसपी पाललाई प्रहरी प्रधान कार्यालयले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 5.8K
    SHARES

    काठमाडौं । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ।

    डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेपछि त्यसबारे एसएसपी पाललाई स्पष्टीकरण सोधिएको हो।



    प्रहरी नियमावली २०७१ को दफा ११५ मा सजायको आदेश दिनुपूर्व स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था अनुसार एसएसपी पाललाई स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    डीआईजी मैनाली नेतृत्वको समितिले एसएसपी पालमाथिको छानबिन टुंग्याउँदै भदौको तेस्रो साता प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा पुगेको छ।

    कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि कारबाही प्रक्रियाका लागि स्पष्टीकरण सोधिएको हो। छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको छ ।

    बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुव्र्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट हटाएर छानबिन सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार