Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ ले शनिबारसम्म नेपालमा कति कमायो ?

    प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ ले शनिबारसम्म नेपालमा कति कमायो ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 942
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म ‘आदिपुरुष’ लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ ।

    गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्मले शुक्रबार र शनिबा० नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ ।



    प्रदर्शन हुनुअघि नेपालमा फिल्मको विरोध भएको थियो। फिल्ममा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग गरिएको भन्दै विवाद भएको हो। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको छ।



    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि सुरक्षाको कारण देखाउँदै उपत्यकामा शुक्रबारको बिहानी प्रदर्शन रद्द भएको थियो ।

    यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार