Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रेम सुवालको प्रस्ताव- नेतालाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था बनाऔँ

    प्रेम सुवालको प्रस्ताव- नेतालाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था बनाऔँ

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्न माग गरेका छन् ।

    आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।



    त्यस्तै सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न चाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए । उनले शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको भन्दै मेडिकल कलेज खोल्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने तर्क गरे ।



    साथै प्रत्येक प्रदेशमा एउटा अन्तरराष्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्न र नीजि अस्पतालई प्रोत्साहन गर्नुको सट्टा सरकारी अस्पतालको सुधार र व्यवस्थापनमा ध्यान दिन पनि सांसद सुवालको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार