Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एआईजी ज्ञवालीको निर्देशन – लोभ लालच र प्रलोभनमा परी काम गरेमा क्षम्य हुँदैन

    एआईजी ज्ञवालीको निर्देशन – लोभ लालच र प्रलोभनमा परी काम गरेमा क्षम्य हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 2.3K
    SHARES

    काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवालीले उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको निरीक्षण गरेका छन् ।

    अपराध अनुसन्धान कार्यालय मीनभवनको निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई एआईजी ज्ञवालीले आपराधिक गतिविधी बढिरहेकाले प्रविधिको उच्चतम प्रयोग गरी सफल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।



    एआईजी ज्ञवालीले प्रविधिको दुरुपयोग गरी आपराधिक गतिविधी बढिरहेको बताए ।



    उनले सूचना संकलनमा खटिएका तथा सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिए ।

    एआईजी ज्ञवालीले लोभ लालच वा प्रलोभनमा परी संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार