Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एआईजी ज्ञवालीको निर्देशन – नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका निर्वाह गर्नू

    एआईजी ज्ञवालीको निर्देशन – नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका निर्वाह गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण.२ र काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण गरेका छन् ।

    निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई एआईजी ज्ञवालीले उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन तयार रहन निर्देशन दिएका छन् ।



    भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गनुपर्ने एआईजी ज्ञवालीले बताए ।



    एआईजी ज्ञवालीले प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका निर्वाह गर्न समेत निर्देशन दिए ।

    प्रहरी कर्मचारीहरूलाई एआईजी ज्ञवालीले आफ्नो जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गर्दै अबैध क्रियाकलाप रोकथाममा खरो उत्रिन समेत निर्देशन दिएका छन् ।

    निरीक्षणको क्रममा एआईजी ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार