Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एआईजी ज्ञवालीद्वारा शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन

    एआईजी ज्ञवालीद्वारा शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 666
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी रहेको बताएका छन् ।

    मंगलबार नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन गर्दै एआईजी ज्ञवालीले यस्तो बताएका हुन् ।



    तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन उनले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको बताए ।



    छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले शिक्षकहरूमा आधुनिक शिक्षा तथा प्रविधिको ज्ञान हुने उनले बताए । अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्थाले नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार