Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अबैध क्रियाकलाप र तस्करी नियन्त्रणमा लाग्न एआईजी ज्ञवालीको निर्देशन

    अबैध क्रियाकलाप र तस्करी नियन्त्रणमा लाग्न एआईजी ज्ञवालीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.8K
    SHARES

    काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण गरेका छन् ।

    एआईजी ज्ञवालीले आज कार्यालयको क्वाटर गार्ड, ब्यारेक भवन, मेश, चमेना गृह लगायतको निरीक्षण गरेका हुन् ।



    निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई एआईजी ज्ञवालीले विमानस्थलको सुरक्षालाई चुस्त र प्रभावकारी तुल्याउँदै प्रहरीको छविलाई सकारात्मक राख्न निर्देशन दिए ।



    प्रहरी कर्मचारीहरूलाई एआईजी ज्ञवालीले आफ्नो जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गर्दै अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु मैत्री व्यवहार र भ्रष्टाचारमा शून्य सहनसिलता लागु गर्न निर्देशन दिएका छन् ।

    एआईजी ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरीले धन्यवाद दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार