Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुराम भट्टराईको चेतावनी – कथित समाजवादी मोर्चालाई बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस्

    बाबुराम भट्टराईको चेतावनी – कथित समाजवादी मोर्चालाई बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस्

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चालाई ‘कथित समाजवादी मोर्चा’को संज्ञा दिएका छन् ।

    सोमबार राति सामाजिक सञ्जालमार्फत डा. भट्टराईले समाजवादी मोर्चाको कडा आलोचना गरेका हुन् । उनले उनले समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाएका छन्। र, यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी पनि दिएका छन् ।



    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको छ । तर समाजवादी मोर्चाको अवधारणा ल्याउने डा. भट्टराई स्वयं मोर्चामा भने समेटिएका थिएनन् । सो समाजवादी मोर्चा घोषणाप्रति डा. भट्टराईले तीव्र असन्तुष्टि प्रकट गरे ।



    ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार