Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी राजकीय भ्रमणका लागि अमेरिका प्रस्थान

    भारतीय प्रधानमन्त्री मोदी राजकीय भ्रमणका लागि अमेरिका प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 849
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । मोदी आज बिहान अमेरिका प्रस्थान गरेका हुन् ।

    अमेरिका जानु अघि उनले ट्वीट गर्दै भनेका छन् उनले भनेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटनमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु। त्यहाँ योग दिवस मनाउने र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछु।’



    राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा अमेरिका प्रस्थान गरेका मोदीले जुन २१ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।



    अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रस्ताव गरेका थिए । महासभाले पारित गरेसँगै हरेक वर्ष जुन २१ मा अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार