Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब माथिको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब माथिको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 792
    SHARES

    फाइल फोटो

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार नेप्से घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ ।

    लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अंकले घटेको छ ।



    बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।



    २६८ वटा स्क्रीप्स कारोबारमा आएको मंगलबारको बजारमा एक करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा निफ्रा, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार