Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छात्रवृतिको विवरण पेश नगर्ने काठमाडौं महानगरका ३९ विद्यालयलाई १ लाख जरिवाना

    छात्रवृतिको विवरण पेश नगर्ने काठमाडौं महानगरका ३९ विद्यालयलाई १ लाख जरिवाना

    १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । हालसम्म छात्रवृत्तिको विवरण पेश गर्ने महानगरभित्रका ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

    महानगरभित्र रहेका ५०४ निजी विद्यालयहरूमध्ये ४६५ विद्यालयले मात्र छात्रवृत्ति प्रदान गरेको विवरण महानगरमा पेश गरेका छन् । ती मध्ये ३९ वटा हालसम्म पनि विवरण पेश नगरेको मेयर बालेन शाहले जानकारी दिए । उनले महानगरको इतिहासमा यो पहिलो पटक भएको पनि बताएका छन् ।



    विवरणअनुसार लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने शाहले बताए । उनले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताए ।



    त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

    विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएको मेयर शाहको भनाई छ । ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ,’ उनले भने, ‘त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार