Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुरामको गुनासो – अवधारणा ल्याउनेलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गरियो

    बाबुरामको गुनासो – अवधारणा ल्याउनेलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गरियो

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई जानकारीसम्म नदिई समाजवादी मोर्चा घोषणा गरिएको गुनासो गरेका छन् ।

    मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले विभिन्न उदाहरण प्रस्तुत गर्दै आफूलाई सिध्याउन खोजिएको बताएका हुन् ।



    उनले समाजवादी मोर्चा घोषणासम्म आइपुग्दा आफूलाई शृंखलाबद्ध रूपमा तेस्रोपटक निषेध गर्न खोजिएको आरोप लगाए । उनले नयाँ शक्ति स्थापना गर्दादेखिका घटनाक्रम उल्लेख गर्दै यसलाई आकस्मिकता मात्र मान्न नसकिने टिप्पणी गरे । बरु यो आफ्नो विचारलाई सिध्याउने षड्यन्त्र भएको उनको आरोप छ ।



    ‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु ! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु, तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु !के यो सबै आकस्मिकता होरु कृष्णलाई देवकीकै गर्भमा हुदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिएरु विचार कसैले मार्न खोज्दैमा मर्छ र ?,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    सोमबार नेपाल समाजवादी पार्टीलाई बाहिर राख्दै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार