Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता

    भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 828
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार दिने अमेरिका भ्रमणमा रहेका छन् ।

    सो क्रममा बुधबार उनले टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।



    प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलोन मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँगको मेरो कुराकानी निकै राम्रो भएको बताए । उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए । एलोन मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।’



    विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रातो कार्पेट बिछाउनेछ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नुहुनेछ, जसलाई वर्तमान अमेरिकी राष्ट्रपतिले यो सम्मान प्रदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार