Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप सुरु, आज नेपाल र कुवेत भिड्ने

    साफ च्याम्पियनसिप सुरु, आज नेपाल र कुवेत भिड्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 915
    SHARES

    काठमाडौं । भारतमा आजदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा साविक उपविजेता नेपाललाई आमन्त्रित टिम कुवेतले चुनौती प्रस्तुत गर्दै छ ।

    यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल कुवेतविरुद्ध मैदान उत्रिँदा साविक उपविजेताको हैसियत जोगाउने लक्ष्यमा हुनेछ ।



    फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेकाले पनि कुवेतविरुद्धको नतिजा सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण छ ।



    यो समूहमा नेपाल र कुवेतसँगै साविक विजेता भारत र पाकिस्तान पनि छन् । प्रतियोगिताको समुह बि मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार