Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै कुवेत फाइनलमा

    साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै कुवेत फाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

    बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै कुवेत फाइनलमा प्रवेश गरेको हो । बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १-० ले पराजित गरेको छ ।



    कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।



    अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो ।

    कुवेतले अब फाइनलमा शनिबार हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार