Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदै

    साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ ।

    लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ ।



    पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ । बेंग्लोस्थित श्री कान्तिरावमा कुवेत र बंगलादेशबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ भने भारत र लेबनाको खेल राति पौने ८ बजे सुरु हुनेछ ।



    आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेका कुवेत र लेबनान आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । बंगलादेश समूह बी उपविजेता बन्दै १४ वर्षपछि सेमिफाइनल पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार