Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कानुनमन्त्री गुरुङलाई योगेश भट्टराईले भने – प्लिज अपराधीको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिनुस् !

    कानुनमन्त्री गुरुङलाई योगेश भट्टराईले भने – प्लिज अपराधीको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिनुस् !

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले मुलुकका ठुला भनिएका कांग्रेस एमाले लगायतका दलहरुले गर्ने निर्णयले देश कतातिर जाँदैछ भनेर प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरे।



    उनले चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सारा बुद्धिजीवी र सञ्चारमाध्यमले आवाज उठाएपछि सरकारले उक्त निर्णय फिर्ता गर्ने आफुले सोचेपनि सरकारले त्यसबारे पुर्नविचार नगरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।



    कानुनमन्त्री धनराज गुरुङको नाम उच्चारण नगरी भट्टराईले भने, ‘हाम्रो एकजना साथी म भन्दा सिनियर, विद्यार्थी नेता पनि हुनुहुन्थ्यो । म उहाँलाई धेरै पहिलेदेखि चिन्थे । उहाँका भाषण पनि हामी सुनिरहेका छौ । उहाँ मन्त्री हुनुभयो अस्ति भर्खरै, त्यसमा पनि कानुनमन्त्री हुनुभयो । त्यसपछि यो देशको कानुन सुधारिन्छ होला, ठिक मान्छे ठिक ठाउँमा आउनुभयो भन्ने लाग्यो । तर म असाध्यै दुखी भएँ ती अपराधीको मुद्दा फिर्ता लिने कागजमा उहाँले नै सही गर्नुभयो ।’

    भट्टराईले सदाचार र भ्रष्टाचारविरुद्धको भाषण गरिरहने उनै व्यक्ति कानुन मन्त्रीको हातबाट चलाउनेको मुद्दा फिर्ता लिएकोमा आश्चर्य लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार