Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपप्राध्यापक चलाउने कुटपिट प्रकरण : दोषी ठहर भएका लामा पक्राउ

    उपप्राध्यापक चलाउने कुटपिट प्रकरण : दोषी ठहर भएका लामा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 633
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न रविनमान लामा पक्राउ परेका छन् ।

    काठमाडौं प्रहरी परिसरका अनुसार उपप्राध्यापक चलाउनेमाथि कुटपिट घटनामा दोषी ठहर भएका लामा काठमाडौंबाट पक्राउ परेका हुन् ।



    २०७८ वैशाख १६ गते नै पक्राउ पुर्जी जारी भएका उनी फरार थिए । गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो ।



    उनीहरूलाई जनही २ वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।

    ०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार