Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सर्वोच्चको ठहर – उपप्राध्यापक चलाउनेलाई कुट्नेले अदालती प्रक्रियामा असहयोग गरे

    सर्वोच्चको ठहर – उपप्राध्यापक चलाउनेलाई कुट्नेले अदालती प्रक्रियामा असहयोग गरे

    मुद्दा छिटो टुंग्याउन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 666
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउनेमाथि आक्रमणको घटनाका आरोपितविरुद्धको मुद्दा अंग पुगिसकेको भन्दै छिटो टुंगो लगाउन आदेश दिएको हो ।



    सर्वोच्चको आदेशमा जिल्ला अदालतलाई मुद्दा पुरानो भएको र मुद्दाका अंग पनि सबै पुरा भइसकेका देखिएको भन्दै यथाशीघ्र मुद्दाको टुंगो लगाउन भनिएको छ । यस्तै सर्वोच्च अदालतले उपप्रध्यापक प्रेम चलाउनेलाई पक्राउ गर्ने विद्यार्थी नेताहरूले अदालती प्रक्रियामा असहयोग गरेको ठहर गरेको छ ।



    कुटपिटमा संलग्न विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपूर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको देखिएको भन्दै आवश्यक कारबाहीको निर्णय लिन जिल्ला अदालत काठमाडौंलाई आदेशसमेत दिइएको छ ।

    अदालती प्रक्रियामा सहयोग नगरेका कारण उनीहरूको धरौटी रद्द गरी प्रक्रिया अघि बढाउने विषयमा आवश्यक निर्णय गर्न पनि जिल्ला अदालतलाई आदेश गरेको हो । जिल्ला अदालतले निर्णय गरेमा विद्यार्थी नेताहरू पुनः पक्राउ हुन सक्नेछन् ।

    त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि तीन वर्षअघि विश्वविद्यालय हाताभित्र नेविसंघका नेताहरुले आक्रमण गरेका थिए ।

    उक्त घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

    उच्च अदालतको आदेशमा आरोपितहरु धरौटीमा छुटेपछि सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार